स्वदेशी लघुवित्तको सीईओमा चापागाई, मंसिर १ गतेदेखि हाजिर हुने |
काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द चापागाई नियुक्त भएका छन् । संस्थाको हिजो सोमवार बसेको सञ्चालक समितिको बैठकले उनलाई उक्त पदमा नियुक्त गरेको हो ।
संस्थाले उनलाई आगामी चार वर्षसम्म लागू हुने गरी लघुवित्तको सीईओमा नियुक्त गरेको हो । नवनियुक्त सीईओ चापागाईले आगामी मंसिर १ गतेदेखि लागू हुने गरी नियुक्ति पाएको कम्पनी सचिव अशोक सुवेदीले बताएका छन् ।