मुक्तिनाथ विकास बैंकका एकैसाथ दुई शाखा सञ्चालनमा |
काठमाडौं । मुक्तिनाथ विकास बैंकले एकैसाथ दुईवटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले झापा जिल्लाको बिर्तामोड र सुनसरी जिल्लाको धरानमा दुई नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।
बिर्तामोड शाखाको बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटी र धरान शाखाको सुनसरी जिल्ला उद्योग वाणिज्य संघ, सुनसरीका अध्यक्ष राजेन्द्र शाहले उद्घाटन गरेका हुन् ।
सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेल, स्थानीय जनप्रतिनिधिहरू, व्यापारी, कर्मचारी, समाजसेवी तथा भद्रभलाद्मीहरूको उपस्थिति रहेको थियो ।
आधुनिक बैंकिङ, ग्रामीण बैंकिङ र लघुवित्त सेवा एकैसाथ सञ्चालन गर्दै आएको यस बैंकले देशभर रहेका ९५ वटा शाखा, १७ वटा एटीएम र करिब ६ लाख ग्राहकलाई आधुनिक बैंकिङ, लघुवित्त बैंकिङ र ग्रामीण बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले हाल विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरू, रेमिट्यान्स सेवा, बैंकासुरेन्स, आस्बा, एटीएम कार्ड सेवा, एबीबीएसजस्ता सुविधाहरू उपलब्ध गराउँदै आएको छ । बैंकले हाल एक अर्को आकर्षक विशेषतासहितको नगद फिर्ता आवास कर्जा योजना सञ्चालनमा ल्याएको छ ।