३ वटा मालपोत कार्यालयमा फारम र टोकन प्रणाली शुरु |

काठमाडौं । आज मंगलबार लगनखेल स्थित ललितपुर मालपोत कार्यालयमा सेवाग्राहीलाई सहज हुने गरी विकास गरिएको नयाँ फारम र टोकन प्रणालीको शुरुवात गरिएको छ । सो कार्यालयको उद्घाटन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा कुमारी अर्यालले भनिन्,ʽ जनताले परिवर्तनको अनुभूती गर्न नपाएकोले सरकारले दिने सेवामा परिवर्तन गरिएको हो । ʼ
मन्त्री र सचिवले चाहेर मात्रै सेवा प्रवाहमा परिवर्तन नहुने भन्दै, सबै कर्मचारीले पनि मालपोत कार्यालयमा काम गर्छै भन्दा गर्वले शिर ठाडो हुने गरी काम गर्न उनले निर्देशन दिइन्। ।
पहिलो चरणमा अनलाईन प्रणाली लागु भएका ३४ वटा मालपोत कार्यालयबाट सरलीकृत गरिएको फारम लागु गरिएको मन्त्रालयले जानकारी दिएको छ । अनलाइन प्रणाली लागु गरिएका ३४ वटा मुख्य मुख्य मालपोत कार्यालयबाट कुल कारोबारको ७० प्रतिशतसम्म कारोबार हुने गरेको छ ।
नयाँ फारम लागु भएसँगै सेवा ग्राहीले आफै फारम भरेर सेवा लिन सक्छन्। । विगतमा झन्झटिलो प्रक्रिया भएकैले कर्मचारीले जति काम गरेपनि जस पाएका थिएनन्। ।अब नयाँ प्रणाली लागु भएसँगै सेवाग्राहीले धेरै जसो काम आफै गर्न सक्ने र कर्मचारीले पनि छिटो छरितो काम गर्न सक्ने छन् ।