सूर्या लाइफको हकप्रदको विक्री प्रबन्धकमा एनआईसी एशिया |
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले हकप्रद शेयरको निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले १० बराबर ७ को अनुपातमा साविकका शेयरधनीहरूलाई जारी गर्न लागेको हकप्रद शेयर निष्कासन तथा विक्रीका लागि एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको हो ।
सोसम्बन्धी सम्झौतापत्रमा गत आइतवार एनआईसी एशिया क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत झनक राज ढुंगेल र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
निष्कासन तथा विक्रीप्रबन्धकसँगैै एनआईसी एशिया क्यापिटल पूँजी बजारमा लगानीकर्ताहरूमाझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निक्षेप सदस्य (डीपी) सेवा, लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।