स्टक एक्सचेञ्जद्वारा स्वदेशी लघुवित्तको कारोबार रोक्का |

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले स्वदेशी लघुवित्त वित्तीय संस्थाको कारोबार रोक्का गरेको छ । स्टक एक्सचेन्जले आज आफ्नो वेबसाइटमा एक सूचना जारी गर्दै स्वदेशी लघुवित्तको दोस्रो बजारमा कारोबार रोकिएको जानकारी गराएको हो ।
लघुवित्तको इन्साइडर ट्रेडिङ र व्यवस्थापनको अदूरदर्शी तथा अविवेकी बोर्ड बैठकले लाभांश परिवर्तन गरी मूल्य संवेदनशीलतालाई लत्याउँदै आफू खुशी निर्णय पारित गरेर नेप्सेमा पुनः अर्को सूचना पठाएको थियो । समाचार प्रकाशित भएपछि नेप्सेले उक्त लघुवित्तको कारोबार रोक्का गरेको हो ।