प्राधिकरण र फेदी थुम्लुङ खोला आयोजनाबीच पीपीए |

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र फेदीखोला हाइड्रो पावर कम्पनीका बीचमा विद्युत् खरिद सम्झौता (पीपीए) सम्पन्न भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा नेपाल विद्युत् प्राधिकरणको तर्फबाट उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र प्रवद्र्धक कम्पनीका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद बाँस्तोलाले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार उक्त आयोजनाबाट उत्पादित विद्युत् वर्षामा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसामा प्राधिकरणले खरिद गर्नेछ ।
३.५२ मेगावाट क्षमताको फेदी थुम्लुङ खोला जलविद्युत् आयोजनाको आयोजनास्थल भोजपुर जिल्लाको साल्पापसिलिचो गाउँपालिकामा रहेको छ । कुल लागत रू. ६३ करोड रहेको सो आजोजनाबाट उत्पादित विद्युत् माथिल्लो इर्खुवा खोला जलविद्युत् आयोजनाको स्वीचयार्डसम्म ३३ केभी प्रसारण लाइन र त्यसपछि १३२ केभी प्रसारण लाइनमार्फत संखुवासभाको शीतलपाटीमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने २२० केभी क्षमताको सवस्टेशनमा जोडिने प्राधिकरणले बताएको छ ।
आयोजनाले २०७९ साल फागुन ३० गतेदेखि व्यापारिक विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ ।