कक्षा ११ को नतिजामा लापरबाही भएको भन्दै विधार्थीहरु आन्दोलित |

पोखरा । राष्ट्रिय परिक्षा बोर्डले हिजो मात्र प्रकाशन गरेको कक्षा ११ को नतिजामा चरम लापरबाही भएको भन्दै पोखाराका विधार्थी आन्दोलित भएका छन् । जनप्रिय बहुमुखी क्यामसका कक्षा १२ का विधार्थीहरुले आज राष्ट्रिय परिक्षा बोर्डको पार्दी स्थित पोखरा कार्यालयमा नाराबाजी गरेका छन् ।
विशेषगरी रसायानिक विज्ञान (केमेस्ट्री) विषयको नतिजामा ग्रेड न्यून आएको भन्दै विधार्थीहरु आक्रोशित भएका हुन । कलेजका अन्य परिक्षाहरुमा उत्कृस्ट ग्रेड ल्याएका मेधावी विधार्थीहरुको अप्रत्याशित नतिजा आएको र त्यो असम्भव रहेको जनप्रिय बहुमुखी क्याम्पसका स्ववियु सभापति आशीक गुरुङले बताए ।
हामीले अत्यन्तै मिहेनत गरेर परिक्षामा सहभागी भएका थियौं, र परिक्षा पनि अत्यन्तै राम्रो भएको थियो तर राष्ट्रिय परिक्षा बोर्डको चरम लापरबाहीले गर्दा हाम्रो नतिजा नराम्रो आएको र हाम्रो भविष्यनै अन्धकार भएको जनप्रिय बहुमुखी क्याम्पस कक्षा १२ मा अध्यनरत सारा बास्तोलाले बताईन ।
विधार्थीहरुको भविष्यनै धरासायी बनाएर नतिजा जस्तो गम्भीर विषयमा ठुलो लापरबाही गरेको परिक्षा नियन्त्रण कार्यालय र राष्ट्रिय परिक्षा बोर्डले तत्काल उक्त नतिजा पुनपरिक्षण गरेर छिटो भन्दा छिटो नसच्याएमा विधार्थीको हकहितका लागि जस्तो सुकै आन्दोलन गर्ने चेतावनी जनप्रिय बहुमुखी क्याम्पस अनेरास्ववियुका नेता बिनोद भण्डारीले दिएका छन् ।
यस्तो गम्भिर विषयमा पानीकाले चरम लापरबाही गरेको छ, उक्त नतिजा तत्काल नसच्याए प्रत्यक क्याम्पस देखि केन्द्र सम्म आन्दोलन चर्किने र राष्ट्रिय परिक्षा बोर्ड, परिक्षा नियन्त्रण कार्यालयले चर्को मूल्य चुकाउनु पर्ने जनप्रिय बहुमुखी क्याम्पस अनेरास्ववियु क्रान्तिकारीका नेता विशाल तामांगले बताए ।
हिजो प्रकाशित नतिजा अनुसार नियमिततर्फ जीपीए ३.६५ देखि ४ सम्म ल्याउने १ हजार १ सय १५ विद्यार्थी छन् । जीपीए ३ देखि ३.६० ल्याउने ८ हजार ९ सय ४९, जीपीए २.८१ देखि जीपीए ३.२० ल्याउने २४ हजार ५ सय १५ विद्यार्थी छन्।् ।
त्यसैगरी २.४१ देखि २.८० ल्याउने ४८ हजार ७ सय ३१, जीपीए २.१ देखि २.४० ल्याउने ८६ हजार ७ सय ७०, जीपीए १.६१ देखि २ ल्याउने ९२ हजार ५ सय ९३ रहेका छन् । जीपीए १.२१ देखि १.६० ल्याउने ४१ हजार ४ सय ६, जीपीए ०.८१ देखि १.२० ल्याउने ८ हजार १ सय २७ र जीपीए ० देखि ०.८० ल्याउने २० हजार ६ सय ८५ रहेका छन्।् । अंकाङ्कन पद्धतिमा परीक्षा दिएका आंशिक विद्यार्थीमध्ये ३८.४१ प्रतिशत उत्तीर्ण भएका छन् ।
कक्षा ११ को परीक्षा गत बैशाख र जेठ महिनमा सञ्चालन गरिएको थियो । अघिल्ला वर्षहरुमा पनि बैशाख र जेठ महिनामा परीक्षा सञ्चालन भएपनि नतिजा भने पुस वा माघमा मात्रा सार्वजनिक हुन्थ्यो ।
बोर्डका अनुसार यसपटक ५ लाख ४८ हजार विद्यार्थीहरुले परीक्षाका लागि आवेदन भरेका थिए भने ४० हजार विद्यार्थी परीक्षामा सहभागी भएका थिएनन् ।