चाबहिल प्लाजामा शुरु भयो दशैं कार्निभल, २५ प्रतिशतसम्म छुट अफर |
काठमाडौं । काठमार्डौको चाबहिलमा रहेको अत्याधुनिक सपिङ सेन्टर चाबहिल प्लाजाले दशँै कार्निभल योजना संचालनमा ल्याएको छ । विजया दशमी तथा दिपावलीको अवसर पारेर प्लाजाले आर्कषक छुट र उपहारसहित दशैं कार्निभल योजना संचालनमा ल्याएको हो ।
असोज २० गतेदेखि शुरु भएको दशैं कार्निभल योजनाअन्तर्गत चाबहिल प्लाजामा एक हजार रुपैयाँभन्दा माथिको सामान खरिद गर्ने ग्राहकहरुले दैनिक तथा साप्तिाहिक रुपमा उपहार जित्न सक्नेछन् । बम्पर उपहारमा रनरको एक सय सीसीको रनर चिताह बाईक एक जनाले जित्न सक्नेछन् । ग्राहकलाई २५ प्रतिशतसम्म छुटको व्यवस्था समेत रहेको प्लाजाले जानकारी दिएको छ ।
चाबहिल प्लाजामा रहेका पसलहरुबाट एक हजार रुपैयाँसम्मको खरिदमा ग्राहकले साप्ताहिकरुपमा लक्की ड्र मार्फत उपहार वितरण गरिने प्लाजाले जानकारी दिएको छ । उपहार योजनामा सहभागीहरुले साप्ताहिक रुपमा टिभी, रेफ्रिजिरेटर, वाशिङ मेसिन तथा सपिङ भौचर समेत जित्न सक्नेछन् ।
कार्निभल योजना कात्तिक २० गतेसम्म संचालनमा रहने छ ।उक्त अवधिभर दैनिक रुपमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि संचालन हुने प्लाजाको भनाई छ ।
डेढ महिना अघि मात्र संचालनमा आएको प्लाजामा २८ बढी आउटलेट छन् । राजधानीको चाबहिल चोकमा रहको प्लाजामा पार्किङको राम्रो व्यवस्था छ । प्लाजामा मोबाइल, ग्रामेन्ट, रेष्टुरेन्ट, कफि सप, ब्यूटि स्टुडियो, फिटनेश क्लब, फुड स्टल, पस्मिना स्टल तथा गेम पार्कलगायतका आउटलेट छन् । यसै गरी बैंक, इन्स्योरेन्स, एजुकेशनल कन्सल्टेन्सी तथा फिजियो थेरापीलगायतका आउटलेट पनि प्लाजामा छन् ।