प्राधिकरणद्वारा तीन जिल्लामा चार एकीकृत बस्ती निर्माणको योजना स्वीकृत | १२ देअि १ सय ३५ घरधुरीसम्मको बस्ती निर्माण हुने

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ओखलढुङ्गा, सिन्धुपाल्चोक र काठमाडौंका चार स्थानका एकीकृत बस्ती निर्माणको प्रारम्भिक योजना स्वीकृत गरेको हो । भूकम्पबाट अति प्रभावित यी तीन जिल्लाका चार एकीकृत बस्ती निर्माण गर्न प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको अध्यक्षतामा आइतवार बसेको कार्यकारी समितिको बैठकले योजना स्वीकृत गरेको हो ।
प्राधिकरणले ओखलढुंगाको मोलुङ गाउँपालिका– ३ फुयाल गाउँमा बनाउने भनिएको फुयाल गाउँ एकीकृत नमुना बस्ती र सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– १४ मा बनाउने भनिएको माझी बस्तीको योजना स्वीकृत गरेको हो । माझी बस्ती भने श्वेताश्री फाउण्डेशनको सहयोगमा बन्ने बन्न लागेको हो ।
बैठकले सिन्धुपाल्चोककै मेलम्ची नगरपालिका– १२ गिरानचौरमासामुदायिक पुनर्निर्माण पर्यटन प्रवद्र्धन परियोजना र काठमाडौंको शंखरापुर नगरपालिका–७ पुखुलाछिमा बनाइने सिर्जनशील एकीकृत बस्ती विकासको प्रारम्भिक योजना पनि स्वीकृत गरेको छ ।
प्राधिकरणका अनुसार फुयालगाउँ एकीकृत नमुना बस्तीमा १२ घरधुरी, झ्याडीटोल एकीकृत बस्तीमा ५६ घरधुरी, गिरानचौरस्थित सामुदायिक पुनर्निर्माण पर्यटन प्रवद्र्धन परियोजनामा १ सय ३५ घरधुरी र सिर्जनशील एकीकृत बस्ती विकासमा १६ वटा घरधुरी रहेको बस्ती बनाइनेछ ।
तीन लाखभन्दा बढी घर बने, साढे २ लाखभन्दा बढ िबन्न बाँकी
प्राधिकरणले पुनर्निर्माण सम्पन्न निजी आवासको संख्या ३ लाख ५ हजार ८ सय ८३ पुगेको पनि जानकार िदिएको छ । प्राधिकरणका अनुसार त्यसैगरी, २ लाख ५१ हजार ५ सय २७ घर निर्माणका क्रममा रहेका छन् । आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता गर्ने लाभग्राहीको संख्या ७ लाख २६ हजार ९ सय १७ पुगेको पनि प्राधिकरणले बताएको छ ।