११ जना एसएसपी डीआईजीमा बढुवा हुँदै, को को परे ? |

काठमाडौं । नेपाल प्रहरीका ११ जना वरिष्ठ उपरीक्षक (एसएसपी) डीआईजीमा बढुवा हुने भएका छन् । गृहमन्त्रालयअन्तर्गत बढुवा समितिको शनिबार बसेको बैठकले उक्त सिफारिश गरेको हो ।
समितिले डीआईजीमा बढुवाका लागि सिफारिश गरेका एसएसपीहरूमा विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, ठाकुरप्रसाद ज्ञवाली, पूर्णचन्द्र जोशी, तारिणीप्रसाद लम्साल, प्रहरी प्रवक्ता रहेका शैलेश थापा क्षत्री, हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्न कार्की, हरिभक्त प्रजापति र सूर्यप्रसाद रहेका छन् ।
डीआईजीमा बढुवाका लागि सयमा ७२ अंकसहित पहिलो नम्बरमा विनोद शर्मा घिमिरे सिफारिश भएका छन् । दोस्रो र तेस्रोमा विकास श्रेष्ठ र ठाकुरप्रसाद ज्ञवाली रहन सफल भएका छन् ।
बढुवा समितिका सदस्यसचिव एआईजी ठूले राईले हस्ताक्षर गरेको सिफारिशमा जनपद प्रहरी समूहतर्फका एसएसपीहरूलाई त्यही समूहतर्फ डीआईजी पदका लागि प्रहरी नियमवाली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ९४० को प्रावधानअनुसार बढुवाका लागि सिफारिश गरिएको उल्लेख छ ।
