सिद्धार्थ बैंक र हिमाल डेण्टल हस्पिटलबीच सम्झौता |

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र हिमाल डेण्टल हस्पिटल एण्ड इन्ष्टिच्युट अफ डेण्टल साइन्सबीच दाँतको उपचार सेवामा छुट दिनेसम्बन्धी सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट पेमेण्ट सोलुसन्सका प्रमुख सुरेशराज महर्जन र हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक राजेन्द्रप्रसाद भट्टले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतासँगै अब बैंकका कर्मचारी, ग्राहकवर्गहरू र कार्डवाहकहरूले यस अस्पतालमा स्वास्थ्य सेवा लिँदा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बताइएको छ ।
बैंकले उक्त सम्झौतापछि बैंकका सम्पूण ग्राहकवर्गहरूले स्वास्थ्य सेवा लिंदा १५५ सम्म र कर्मचारी तथा कार्डवाहकहरूले भुक्तानी गर्दा २०५ सम्मको विशेष छुट उपभोग गर्न सक्ने जानकारी दिएको छ ।
सिद्धार्थ बैंकले हाल देशभर १२६ वटा शाखा, ९३ एक्स्टेन्सन काउण्टरसहित ९९ शाखारहित बैंकिङ इकाइमार्फत आधुनिक वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।