जनरल इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच बैंकासुरेन्स सम्झौता |
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल (जीआईसी नेपाल) र मुक्तिनाथ विकास बैंकबीच बैंकासुरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र इन्स्योरेन्सको तर्फबाट महाप्रबन्धक एस.के. तमोटले हिजो शुक्रवार हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतासँगै अब बैंकका ग्राहकहरूले जनरल इन्स्योरेन्स कम्पनी नेपालले प्रदान गर्ने निर्जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा तथा सुविधा मुक्तिनाथ विकास बैंकका सम्पूर्ण शाखाहरूबाट पाउने बताइएको छ ।