गण्डकी विकास बैंक नयाँ शाखा कलंकीमा |
काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडले काठमाडौं महानगरपालिका– १४, कलंकीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त नयाँ शाखाको सञ्चालनसँगै अब गण्डकी विकास बैंकका जम्मा शाखा संख्या ७७ वटा पुगेको छ ।
बैंकले आगामी दिनमा देशका विभिन्न स्थानहरूमा आवश्यकताअनुसार शाखा विस्तार गर्दै लाने लक्ष्य लिएको बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले जानकारी दिए ।
उक्त बैंकले गतआवमा सञ्चालन मुनाफा रू. ७९ करोड ४० लाख आर्जन गर्न सफल भएको छ भने सो अवधिसम्म निक्षेप संकलन रू. २३ अर्ब ५२ करोड र कर्जा लगानी रू. २० अर्ब ६ करोड पुर्याएको छ । साथै बैंकको निष्क्रिय कर्जाको मात्रा अत्यन्त न्यून रहेको छ ।