बाँकेमा ट्रक र माइक्रो बस ठोक्किदा ४ जनाको मृत्यु |

नेपालगञ्ज । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिकामा ट्रक र माइक्रो बस एक आपसमा ठोक्किदा चार जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा १७ जना घाइते भएका छन् ।
दाङबाट नेपालगञ्ज आउँदै गरेको रा १ ख १६६२ नम्बरको माइक्रो बस र नेपालगञ्जबाट पूर्व दिशातर्फ जाँदै गरेको लु १ ख ७७२९ नम्बरको ट्रक शनिबार बिहान करिव सवा ९ बजेतिर राप्ती सोनारी गाउँपालिका ९ मुगुवा खोला नजिक ठोक्किएका थिए ।
घाइतेहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनास्थलमा डिएसपी रमेश बहादुर सिंह नेतृत्वको टोली उद्धारमा खटिएको छ ।