एनआईसी एशिया बैंकद्वारा अष्ट्रेलियन डलरको विक्री शुरू | डलर साट्न भिसासहितको पासपोर्ट र टिकट पनि साथै हुनुपर्ने
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो सेवालाई अझ विस्तार गर्दै बजारमा अभाव रहेको अष्ट्रेलियन डलर, अमेरिकी डलरलगायत अन्य विदेशी मुद्राको विक्री शुरू गरेको छ । बैंकले आफूसँग हाल अमेरिकी डलर, अष्ट्रेलियन डलरलगायत विदेशी मुद्राको नगद सञ्चिति पर्याप्त मात्रामा रहेको बताउँदै विभिन्न सिलसिलामा विदेश जाने नेपालीहरूको समस्यालाई निराकण गर्ने उद्देश्यले त्यस्ता विदेशी मुद्राहरूको विक्रीवितरण शुरू गरेको बताएको हो ।
साथै, बैंकले प्रचलित विनिमय दर बमोजिम ग्राहकहरूको आवश्यकताअनुसार निर्वाध सटही सुविधा प्रदान गरिरहेको जानकारी पनि दिएको छ ।
बैंकले बिदा मनाउन, अध्ययन गर्न र अन्य विभिन्न सिलसिलामा विदेश जाने नेपालीहरूका लागि सम्बन्धित देशको मुद्रा आवश्यक पर्ने हुँदा त्यस्ता मुद्राको सरल सटहीको सुविधा उपलब्ध गराउँदै आएको छ । अध्ययन तथा भ्रमणलगायतका अन्य कामका लागि विदेश जाने ग्राहकहरूले विदेशी मुद्रा खरिदका लागि आफ्नो म्याद नसकिएको भिसा र प्लेन टिकट साथमै लिएर आउन पनि जानकारी आग्रह गरेको छ । बैंकका अनुसार यसरी प्रक्रिया पुर्याएर आउने ग्राहकले भिसा यूएसडी प्रिपेड कार्डसमेत ढुक्कसँग खरिद गर्न सक्नेछन् ।
बैंकले काठमाडौं उपत्यकाका सबै शाखाहरूमा प्रशस्त मात्रामा अष्ट्रेलियन डलर, अमेरिकी डलरलगायत अन्य विदेशी मुद्रा उपलब्ध भएकाले ग्राहक महानुभावहरू रित्तो हात फर्कनुपर्ने अवस्था नरहेको समेत बताएको छ ।
बैंकले हालका लागि काठमाडौंभित्रका सम्पूर्ण ४४ शाखा कार्यालयहरू (त्रिपुरेश्वर, जावलाखेल, न्यूरोड खिचापोखरी, भक्तपुर, कलंकी, क्षेत्रपाटी, महाराजगंज, सामाखुसी, बौद्ध, बागबजार, कौशलटार, ग्वार्को, खुमल्टार, सुकेघारा, डिल्लीबजार, न्यूरोड विशालबजार, कमलादी, पुल्चोक,बत्तीसपुतली, कीर्तिपुर, सातदोेबाटो, टेकु, पेप्सिकोला, थानकोट, ठमेल, नयाँ बानेश्वर, थापाथली रजिष्टर्ड कार्यालय शाखा, बालाजु, कपन, लाजिम्पाट, गोल्फुटार, गोठाटार, मनमैजु, सितापाइला, टोखा, भैंसेपाटी, थली, दुवाकोट, बालकोट, पुरानो ठिमी, सतुंगल, कोटेश्वर, चाबहिल र सोर्हखुट्टे) बाट सहज रूपमा विदेशी मुद्रा उपलब्ध हुने व्यवस्था मिलाएको छ ।
आम जनमानसले गरेको विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा बैंकले हाल मुलुकभर २ सय ५६ शाखा कार्यालय, २ सय ४९ एटीएम, २२ वटा एक्सटेन्सन काउण्टर एवम् १८ वटा शाखारहित बैंकिङ इकाइमार्फत आधुनिक वित्तीय सेवा प्रदान गर्न सफल भएको छ ।
मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको यस बैंकको वासलातको आकार रू. २०२ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब रू. १६५ अर्ब तथा कर्जा रू. १३७ अर्ब पुगी निजी क्षेत्रबाट स्थापित बैंकहरूमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रूपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।
हालसम्म यस बैंकमा ग्राहक संख्या करिब १२ लाख १९ हजार रहेको छ भने संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पनि यस बैंकले पालना गर्दै आएको छ ।