ग्लोबल आईएमई बैंकको ५ थान कम्प्युटर सहयोग विद्यालयलाई |
काठमाडौं । ग्लोबल आईएमई बैंकले एक विद्यालयलाई ५ थान कम्प्युटर सहयोगस्वरुप हस्तान्तरण गरेको छ । आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत रसुवा जिल्लाको नवकुण्ड गाउँपालिका–६ स्थित गोसाइँकुण्ड माध्यमिक विद्यालयलाई ५ थान कम्प्युटर हस्तान्तरण गरेको हो ।
ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले विद्यालयका प्रधानाध्यापक गुणराज पौडेललाई उक्त परिमाणका कम्प्युटर बिहीवार हस्तान्तरण गरेका हुन् ।
बैंकले रसुवा जिल्लाको शैक्षिक विकासमा सहयोग तथा विद्यार्थीहरूमा कम्प्युटरको पहुँच पुगोस् भन्ने उद्देश्यले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको बताएको छ ।
बैंकले स्थापनाकालदेखि नै आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ । बैंकले विभिन्न समयमा मुलुकमा आईपर्ने प्राकृतिक विपत्तिहरु बाढी, पहिरो, भुइँचालोलगायतका अन्य विपतको समयमा सहयोग गर्दै आएको छ भने यस्ता अन्य सामाजिक कार्यहरूमा पनि सदैव अग्रसर रहँदै आएको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले १३२ शाखा, ५ एक्सटेन्सन काउण्टर, १३८ एटिएम, १०३ वटा शाखारहित बैंकिङ सेवा, ३ प्रतिनिधिरसम्र्पक कार्यालयमार्फत आफ्ना ९ लाख ५० हजारभन्दा बढी ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।