दैलेखमा ४ रेक्टर स्केलको भूकम्प |

काठमाडौं । दैलेखमा भर्खरै भूकम्प गएको छ । शुक्रबार १२ बजेर ५३ मिनेटमा भवनी भन्ने स्थानलाई केन्द्र बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का सुर्खेतलगायत आसपासका जिल्लामा पनि महसुस भएको छ । यसअघि असोज ३ गते पूर्वी रुकुमलाई केन्द्र बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।