बैंक अफ काठमाण्डूको बोनस शेयर सूचिकृत |
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा बैंकको ८२ करोड ७५ लाख रुपैयाँबराबरको ८२ लाख ७५ हजार १३३ कित्ता बोनस शेयर कारोबारका लागि सूचिकृत भएको हो ।
बैंकले आफ्नो चुक्तापूँजी बढाउन शेयरधनीलाई १३.२५ प्रतिशत बोनस शेयर वितरण गरेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार साउयता मात्र विभिन्न १४ बैंक तथा वित्तीय संस्थाका गरी ५ अर्ब १३ करोड ४७ लाख रुपैयाँबराबरको ५ करोड १३ लाख ४७ हजार कित्ता बोनस शेयर कारोबारका लागि सूचिकृत भएका छन् ।