नेपाली बजारमा अमेरिकी डलरको भाउ १ सय १८ रुपैयाँ नाघ्यो |
काठमाडौँ । अमेरिकी डलरको मूल्यले ११८ रुपैया नाघेको छ । शुक्रबार (असोज १९ गते) एक अमेरिकी डलर खरिद गर्न १ सय १७ रुपैयाँ ४३ पैसा खर्च गर्नुपर्ने भएको छ । डलरको आजको यो मूल्य सन् २००० यताकै सबैभन्दा उच्च हो ।
विक्रि मल्य भने १ सय १८ रुपैयाँ ३ पैसा कायम भएको छ । यो राष्ट्र बैंकले तोकेको मूल्य हो । अन्य बैंकहरुमा केही घटबढ हुन सक्छ । यस्तै एक यूरोको खरिददर १ सय ३५ रुपैयाँ ८ पैसा छ भने विक्रिदर १ सय ३५ रुपैया ७७ पैसा रहेको छ ।
युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५२ रुपैयाँ ५० पैसा रहेको छ भने विक्रिदर १ सय ५३ रुपैयाँ २८ पैसा रहेको छ । जापानीज १० यनको खरिददर १० रुपैयाँ २७ पैसा र विक्रिदर १० रुपैयाँ ३३ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३२ रुपैयाँ २५ पैसा र विक्रिदर ३२ रुपैयाँ ४२ पैसा रहेको छ । कुवेती एक दिनारको खरिददर ३ सय ८६ रुपैयाँ ५९ पैसा र विक्रिदर ३ सय ८८ रुपैयाँ ५७ पैसा रहेको छ ।
राष्ट्र बैंकका अनुसार अन्तरराष्ट्रिय बजारमा डलरको माग बढेकाले र डलरको तुलनामा भारतीय मुद्रा निकै कमजोर भएकाले गर्दा नेपाली बजारमा पनि डलरको मूल्य बढेको हो । स्थिर विनिमय दर (फिक्सड पेग) भएका कारण भारु कमजोर हुनासाथ नेपाली रुपैयाँ पनि अवमूल्यन हुन्छ ।
सन् २००० को जनवरी १ मा एक अमेरिकी डलरको मूल्य ६८.४ रुपैयाँ थियो । अमेरिकी अर्थतन्त्र मजबुत बन्दै गएकाले पनि डलर महँगो हुँदै गएको राष्ट्र बैंकले बताएको छ ।
डलर महँगो हुँदा नेपाललाई के असर पर्छ ?
डलर महँगो हुँदा पेट्रोलियम पदार्थ र डलरमा विद्युत खरिद सम्झौता भएका जलविद्युत आयोजनाको रकम भुक्तानीमा असर पर्छ । डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढ्छ । भारत तथा तेस्रो मुलुकबाट आउने सवारीसाधन, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडाको भाउ बढ्छ ।
विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गर्ने उद्योगको उत्पादनको लागतमा पनि वृद्धि हुन्छ । अन्तरराष्ट्रिय बजारमा हवाइ टिकटको मल्य बढ्छ । राज्यले विदेशी दातृ निकायसंग लिएको ऋणको भार बढ्छ ।