भारतमा पेट्रोलको भाउ घट्यो, प्रतिलिटर २ रुपया ५० पैसा | प्रदेश तहमा ५ रुपयासम्म घट्न सक्ने

नयाँ दिल्ली । भारत सरकारले बिहीवार पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । पेट्रोल र डिजेलमा प्रतिलिटर भारतीय २ रुपया ५० पैसा घटेको सरकारी अधिकारीहरूले बताएका छन् ।
देशका वित्तमन्त्री अरुण जेट्लीले डिजेल र पेट्रोलमा राज्यको तर्फबाट लाग्ने १ रुपया ५० पैसाबराबरको कर पनि कटौती गरिएको बताएका छन् । त्यसमा तेल विक्री वितरण गर्ने कम्पनीहरूले प्रतिलिटर थप एक रुपया घटाउने भएका छन् ।
भारतका वित्तमन्त्री जेट्लीले मूल्य घटाउन प्रदेश सरकारहरूलाई कर कटौती गर्न लगाएका छन् । कर कटौती गर्दा प्रदेशमा डिजेल र पेट्रोल मूल्यमा प्रतिलिटर भारतीय ५ रुपयासम्म घट्न सक्ने बताइएको छ । महाराष्ट्र र गुजरात प्रदेशमा त सत्तारुढ दल भारतीय जनता पार्टीले प्रतिलिटर दुई रुपया ५० पैसा घटाउने घोषणासमेत गरिसकेको बताइएको छ ।