महालक्ष्मी विकास बैंकका दुई नयाँ शाखा सञ्चालनमा |
काठमाडौं, असोज १८ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रममा कास्की जिल्ला, पोखरा लेखनाथ महानगरपालिका वडा नं ३०, स्थित सिसुवा शाखा तथा पर्सा जिल्ला, विरगंज महानगरपालिका वडा नं १२, स्थित, श्रीपुर शाखा सञ्चालन गरेको छ ।
सिसुवा शाखाको उद्घाटन उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरी भण्डारीले गरेका थिए । त्यस्तै, श्रीपुर शाखाको उद्घाटन विरगंज महानगरपालिकाका मेयर विजय सरावगी गरेका हुन ।
सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने सञ्चालक श्याम सुन्दर रुगंटा तथा वरिष्ठ प्रबन्धक प्रकाश घिमिरेको पनि उपस्थिति रहेको थियो ।
देशका शहरी तथा ग्रामीण क्षेत्रमागरी ७६ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको ग्राहक संख्या ४ लाख ९० हजार भन्दा बढी रहेको छ ।
बैंकको चुक्ता पुँजी अर्व ६३ करोड रुपैयाँ रहको छ भने बैंकले हालसम्म करिब २६ अर्व ३४ करोड रुपैयाँ निक्षेप संकलन गरी २२ अर्व २३ करोड कर्जा प्रवाह गरेको छ ।