ग्लोबल आईएमई बैंकको डेपुटी सीईओमा ढकाल |

काठमाडौं । ग्लोबल आईएमई बैंकले डेपुटी प्रमुख कार्यकारी अधिकृतमा महेशप्रसाद ढकाललाई नियुक्त गरेको छ । मेगा बैंक छाडेर ढकाल ग्लोबल आईएमई बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।
सुमन शर्मा माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत भएर गएपछि बैंकमा उक्त पद खाली नै रहेको थियो । तत्कालीन टुरिज्म डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत रहेका ढकाल उक्त बैंक मेगा बैंकमा गाभिएपछि ‘थर्ड पोजिशन’ मा थिए । उनी त्यहाँ चिफ बिजिनेस अफिसर थिए । नेपाल बैंकबाट करिअर शुरू गरेका उनले लामो समय सोही बैंकमा काम गरिसकेका छन् ।
चार्टर्ड एकाउण्टेण्टसमेत रहेका उनले पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन गरेका हुन् । उनले चार्टर्ड एकाउण्टेण्ट भने भारतबाट गरेका हुन् ।