तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक ज्ञवाली भारतबाट पक्राउ | ४ वर्ष जेलसहित १२ करोड रुपैयाँ जरिवानाको सजाय अब पाऊलान् त ?

काठमाडौं । बैंकिङ कसुरमा दोषी ठहरिएका तत्कालिक किष्ट बैंकका प्रबन्ध सञ्चालक कमलप्रसाद ज्ञवाली पक्राउ परेका छन् । अदालतबाट दोषी ठहरिएपछि फरार रहेका उनलाई नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाले भारतबाट पक्राउ गरेको हो ।
ज्ञवालीलाई २०७३ जेठमा तत्कालीन पुनरावेदन अदालतले पाटनको वाणिज्य इजलासले बैंकिङ कसुरमा दोषी ठहर गरेको थियो । पक्राउपछि उनलाई प्रहरीले नेपाल ल्याइसकेको छ ।
त्यसबेला अदालतले ज्ञवालीसहित आठ जनलाई कैद र जरिवानाको फैसला गरेको थियो । पुनरावेदन अदालतले ज्ञवालीलाई ४ वर्ष कैद र १२ करोड ५० लाख रुपैयाँ जरिवाना तिराउने फैसला गरेको थियो । जम्को प्रकाशनलाई कमसल धितो मूल्यांकन गरी कर्जा लगानी गरेको कर्जा प्रवाह गरेको अभियोगमा अदालतले ज्ञवालीलाई दोषी ठहर गरेको थियो ।
अब उनले अदालतको फैसलाअनुसारको जरिवानासहितको जेल सजाय भोग्नुपर्नेछ ?