नेपाल बैंककोे चिप बेस्ड भिसा डेबिट कार्ड सञ्चालनमा, भुक्तानी दिन पनि मिल्ने लिन पनि मिल्ने |
काठमाडौं । नेपाल बैक लिमिटेडले आगामी ८२औं वार्षिकोत्सवका उपलक्ष्यमा आफ्ना ग्राहकलाई थप सुविधा उपलब्ध गराउने क्रममा चिप बेस्ड भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ । यही असोज १५ गतेदेखि सञ्चालनमा ल्याएको उक्त कार्ड वार्षिकोत्सवको अवसरामा आगामी कात्तिक ३० गतेसम्म निःशुल्क जारी गरिने बैंकले जानकारी दिएको छ ।
बैंकले यसअघि सञ्चालनमा ल्याएको एससीटी कार्ड प्रतिस्थापन गरी यो कार्ड ल्याएको हो । यसमा एटीएम आउटलेट र प्वाइन्ट अफ सेल्स (पीओएस) मेशिनबाट भुक्तानी लिन र दिन सकिने थप विशेषता रहेका छन् ।
बढी सुरक्षित र भुक्तानी लेनदेनमा सहजता रहेको यो सेवाबाट देशको दूरदराजदेखि सुगमका नेपाल बैंक लिमिटेडका लाखौं ग्राहक लाभान्वित हुने बैंकको विश्वास छ ।