प्राधिकरण र आँखु खोला आयोजनाबीच विद्युत् खरिद सम्झौता |

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र माथिल्लो आँखु खोला जलविद्युत् आयोजनाको प्रवद्र्धक धादिङ आँखु खोला हाइड्रो पावर लिमिटेडबीच विद्युत् खरीद सम्झौता भएको छ । सम्झौतामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र प्रवद्र्धक कम्पनीका प्रमुख कार्यकारी अधिकृत मणि चौलागाईंले हस्ताक्षर गरेका हुन् ।
कुल क्षमता ३८ मेगावाट रहेको उक्त आयोजनाको लागत करिब रू. ८ अर्ब रहेको छ । सम्झौताअनुसार प्राधिकरणले उक्त आयोजनाबाट हिउँदमा प्रतियुनिट आठ रुपैयाँ ८० पैसा र वर्षामा ४ रुपैयाँ ४० पैसामा विद्युत् खरिद गरिनेछ ।
आयोजना आगामी ४ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । उक्त आयोजनालाई राजधानीको नजिक र पहुँचमार्ग समेत निर्माण भइसकेकाले आकर्षक आयोजनाका रूपमा लिइन्छ ।