नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर, यो दशैं निकै महँगो हुने भो |
काठमाडौं । अमेरिकी डलरसँग भारतीय रुपैयाँ (भारु) सँग कमजोर हुँदा यसको असर नेपाली रुपैयाँमा परेको छ । नेपाली रुपैयाँ अमेरिकी डलरसँग आज अहिलेसम्मकै कमजोर भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विनिमया दरअनुसार १ डलरबराबर ११७ रुपैयाँ ६५ पैसा विक्री दर रहेको छ । यो हालसम्मकै उच्च दर हो ।
आज भारु कमजोर भई १ डलर बराबर ७३ रुपैयाँ ३४ पैसा पुगेको पुगेको छ । स्थिर विनिमय दर (फिक्सड पेग) भएका कारण भारु कमजोर हुनासाथ नेपाली रुपैयाँ पनि अवमूल्यन हुने गर्छ । नेपाली रुपैयाँ यसरी कमजोर हुँदा नेपालमा बजार भाउ बढ्छ । यसको सीधा असर यो दशैंमा पर्ने भएको छ । डलर लगातार बढिरहेकाले यो दशैं पनि निकै नै महँगो पर्ने देखिएको छ ।