नक्कली बिल बनाई मदिरा सप्लाई गर्ने दुई जना पक्राउ |

इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका– ८ बाट नक्कली बिल बनाई राजस्व छली गर्ने रामधुनी नगरपालिका–५ झुम्काका काशीराम चौधरी र अनिलकुमार चौधरी बुधवार पक्राउ परेका छन् । को१च ५०४ नं. को बोलेरोमा नक्कली बिल बनाई मदिरा लिएर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका उनीहरू दुवैलाई पक्राउ गरी राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्र फुयाँलका अनुसार उक्त गाडीमा उमंग, गोर्खा बियर, रुस्लान भोट्कासहित १५ प्रकारका मदिरासमेत बरामद गरिएको छ ।