अमेरिकामा प्रहरी अधिकारीमाथि गोली प्रहार, १ को मृत्यु, ६ घाइते |
काठमाडौं । अमेरिकामा बन्धक बालबालिका छुटाउन गएका प्रहरी अधिकारीमाथि अन्धाधुन्ध गोली प्रहार हुँदा एक जनाको मृत्यु भएको छ भने एक जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ । अमेरिकाको दक्षिण क्यारोलिनामा बन्दुकधारीले बन्धक बनाएका बालबालिका छुटाउन पुगेका ७ जना प्रहरी अधिकारीमाथि अन्धाधुन्ध गोली प्रहार हो ।
बन्धक बनाइएका बालबालिकालाई भने सकुशल उद्धार गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण क्लालिफोर्नियाका गभर्नर हेनरी क्याकमास्टरलाई उद्धृत गर्दै प्रहरीमाथि बन्धुकधारीले गोली प्रहार गरेको पुष्टि गरेका हुन् ।
घाइतेको अहिले उपचार भइरहेको छ । तीमध्ये १ को अवस्था गम्भीर रहेको बताइएको छ । बालिका बन्धक बनाउनेको पहिचान र कारण अहिलेसम्म नखुलेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । नियन्त्रणमा लिइएका बन्दुकधारीमाथि अहिले अनुसन्धान भइरहेको छ ।