महालक्ष्मी विकास बैंकको कास्की र पर्सामा शाखा विस्तार |
काठमाडौं । महालक्ष्मी विकास बैंकले कास्की र पर्सामा शाखा विस्तार गरेको छ । कास्कीको सिसुवा शाखाको उद्योग वाणिज्य संघ कास्कीका अध्यक्ष कृष्णहरी भण्डारीले उद्घाटन गरेका छन । त्यस्तै पर्साको श्रीपुर शाखाको विरगंज महानगरपालिकाका मेयर विजय सरावगीले उद्घाटन गरेका हुन ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले नेपाली जनतामा वित्तीय पहुँच पुर्याउन बैंकले थप शाखाहरु विस्तार गर्दै जाने बताएका छन ।
बैंकको चुक्ता पुँजी २ अर्ब ६३ करोड रुपैयाँ रहेको छ भने बैंकले हालसम्म करिब २६ अर्व ३४ करोड रुपैयाँ निक्षेप संकलन गरी २२ अर्ब २३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले ७६ शाखा तथा ३५ एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।