माउण्ट इनर्जीले ३९ लाख ३६ हजार कित्ता आईपीओ निष्कासन गर्ने |
काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेडले ३९ लाख ३६ हजार ५४ कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । शेयर निष्कासन गर्न कम्पनीले नबिल इन्भेष्टमेण्ट बैंकिङ र सिबीआईएल क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धक नियुक्त गरेको छ ।
माउण्टेन इनर्जीका संचालक श्यामसुन्दर खेतान, नबिल इन्भेष्टमेण्टका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ र सिबीआईएल क्यापिटलका प्रमुख कार्यकारी अधिकृत समिरप्रसाद दाहालले त्रिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। ।
निकट भविष्यमा साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा सर्वसाधारणमा निष्काशन गरिने बताइएको छ ।