प्रधानमन्त्रीको नेतृत्वमा निजीक्षेत्रसहितको उच्चस्तरीय परिषद् गठन, निजीक्षेत्रका को को छन् ? |

काठमाडौं । लगानी अभिवृद्धि गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उद्योग, वाणिज्य प्रवद्र्धन संवाद परिषद् गठन भएको छ । गत असोज ५ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार निजीक्षेत्रसँग समन्वय गरेर उक्त परिषद् गठन गरिएको हो ।
समितिका सदस्यहरूमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, अर्थमन्त्री डा. युवराज खतिवडा, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी छन् ।
निजी क्षेत्रबाट सुरज वैद्य, जगदीश अग्रवाल, सीपी शर्मा, अनुपमा खुँजेली, प्रमिला रिजाल आचार्य, अम्बिका श्रेष्ठ, पद्म ज्योती, उपेन्द्र महतो, वसन्त चौधरी, रविभक्त श्रेष्ठ, आङछिरिङ शेर्पा, कैलाश सिरोहिया, विश्वास ढकाल, नकिम उद्दिम, लोकमान्य गोल्छा र चिरञ्जिवीलाल अग्रवाल सदस्य छन् ।