इसेवाको ʽदशै धमाकाʼ योजना सार्वजनिक, तीन सय जनाले उपहार पाउने |
काठमाडौं । नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी इसेवा फोन पेले दशैंलाई लक्षित गर्दै ‘दशैँ धमाका’उपहार योजना सार्वजनिक गरेको छ ।
असोज २८ गतेसम्म संचालन हुने यो योजनामा बम्पर, प्रथम, दोस्रो, तेस्रो , विशेष र अन्य योजनामा गरी ३ सय जनाभन्दा बढीले पुरस्कार जित्न सक्ने कम्पनीले जानकारी दिएको छ । इसेवाको बम्पर उपहारमा एक जनाले थाइल्याण्डको बैंकक यात्राको लागि सस्तो टिकट मार्फत दुईवटा हवाई टिकट प्राप्त गर्नेछन् । कम्पनीका अनुसार प्रथम उपहारका बिजेताले समिट रिभर लजमा एक जोडीलाई एक रातदुई दिनको प्याकेज प्राप्तगर्न सक्नेछन् ।
द्धितिय पुरस्कारमा दुई जनाले इसेवा पसलमा १० हजार रुपैयाँ बराबरको सपिङ भौचर तथा तृतिय पुरस्कारमा तीनजनाले टाइटनको घडी जित्न सक्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार यसैगरी अन्य पुरस्कारमा २ सय ५० जनालाई ५०१ रूपैयाँका दरले इसेवामा ब्यालेन्स, १० जनालाई मनिक्यूर र पेडिक्यूर सेट, ५ जनालाई आकर्षक ज्याकेट, ५ जनालाई २४ सय बराबरको मिडास इक्लास, ५ जनालाई १ हजार बराबरको र अन्य ५ जनालाई ५ सय रुपैयाँ बराबरको फुड कुपन पाउने कम्पनीद्वारा जारी विज्ञेप्तिमा उल्लेख छ ।
यी पुरस्कार हरेक ३⁄३ दिनमा ५६ जनाका दरले वितरण गरिने र पहिलो ३ दिनका विजेताहरूको नाम भने सोमबार घोषणा गरिएको कम्पनीले जानकारी दिएको छ । यो योजना अनुसार कुनैपनि सदस्य बैंक अथवा नजिकैको इसेवा क्यास पोइन्टबाट रकम जम्मागरि आर्कषक उपहार जित्ने कम्पनीको भनाई छ । इसेवा वालेटमा बैंक तथा क्यास पोइन्टबाट सय रुपैयाँ वा सो भन्दा बढि रकमलोड गर्ने उपभोक्ता सहभागी हुन पाउने कम्पनीले जनाएको छ ।