सानिमामाई हाइड्रोको साधारणसभा कात्तिक ८ गते, १५ प्रतिशत लाभांश पारित गर्ने |
काठमाडौं । सानिमामाई हाइड्रोपावर लिमिटेडको सातौं वार्षिक साधारणसभा कात्तिक ८ गते हुने भएको छ । सो सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट १५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्ने भएको छ ।
कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । उक्त साधारणसभाले सानिमा हाइड्रोपावर कम्पनी लिमिटेडलाई गाभ्ने प्रस्ताव समेत उक्त सभामा पेश हुने बताइएको छ । सभाले गत आवको वित्तीय विवरण पनि अनुमोदन गर्नेछ ।