बजारमा आयो स्टारी पर्पल रंगमा ओपो एफनाइन |
काठमाडौं । सेल्फी एक्स्पर्ट ओपोले नेपाली बजारमा एफनाइन अन्तर्गत नयाँ उत्पादन आकर्षक स्टारी पर्पल रंगमा सार्वजनिक गरेको छ । पछिल्लो महिना एफनाइन सार्वजनिक समारोहमा स्टारी पर्पलका बारेमा जानकारी दिए देखि नै बजारमा यसको तिव्र माग हुँदै आइरहको थियो ।
५ मिनेटको चार्जमै २ घण्टाको टक टाइम उपलब्ध गराउने भोक फ्ल्याश चार्ज सुविधा सहितको ओपो एफनाइन स्टारी पर्पलमा उद्योगकै पहिलो ग्राडियण्ट कलर डिजाइनको प्रयोग गरिएको छ । एफनाइन स्टारी पर्पलको डिजाइन प्रयोगकर्तालाई पृथक अनुभव प्रदान गर्नुका साथै ओपोको प्राविधिक समृद्धि र नवप्रर्वतन सम्बन्धित विशेषज्ञता दर्साउने सोचका साथ गरिएको छ ।
भोक फ्ल्याश चार्ज प्रविधि ओपोद्वारा स्वतन्त्ररुपमा विकसित प्रविधि हो । लो भोल्टेज चार्जिङ प्रविधिको उपयोग गर्दै यसले साधारण ५भी⁄१ए चार्जरका तुलनामा ४ गूणासम्म तिव्र गतिको चार्जिङ सुविधा उपलब्ध गराउँछ । यसको मूल्य ४१ ह्जार ५ सय ९० रुपैयाँ निर्धारण गरिएको छ ।
भोक प्रविधिमा एडेप्टरदेखि पोर्ट र फोनको आन्तरिक भाग सम्म ५ तहको सुरक्षा प्रणालीको ब्यवस्था गरिएको छ । यसमा भोल्टेज रिड्युसिङ सर्किटलाई एमसीयू मार्फत विस्थापन गरिएको छ । यसको माध्यमबाट फोनको प्रयोग गरिरहँदा समेत उच्चगतिको फास्ट चार्जिङलाई निरन्तरतादिन सकिन्छ जुनहाई भोल्टेज फास्ट चार्जले हालसम्म सपोर्ट गर्दैन ।
उद्योगकै पहिलो ६।३ ईञ्च वाटरड्रप स्क्रिन डिजाइन, ९०।८ प्रतिशतको उच्च स्क्रिन टू बडी रेसियो, पृथक ग्राडियण्ट कलर डिजाइन र ३५सय एमएएच ब्याट्री जडान गरिएको ओपो एफनाइन स्टारी पर्पलले उत्कृष्ट सेल्फी फोनका साथै प्रयोगकर्तालाई उत्कृष्ट अनुभव प्रदान गर्छ ।