विश्वकै अग्रणी ड्रोन ब्राण्ड डीजेआई नेपालमा, आधिकारिक विक्रेता आईएमएस ग्रुप |
काठमाडौं । आईएमएस ग्रुपले क्यामरा ड्रोन, एरियल फोटोग्राफीका स्ट्याबलाइजर र भिडियोग्राफीका लागि विश्व प्रख्यात ड्रोन ब्राण्ड डीजेआई नेपालमा भित्र्याएको छ । ड्रोन व्यवसायको ७० प्रतिशत बजार हिस्सा ओगटेको डीजेआई विश्वमै सबैभन्दा शीर्ष स्थानमा पर्ने व्यवसाय हो ।
यसमा विशेष सृर्जनाशिलता, निर्देशन र सिनेम्याटोग्राफी पनि जडान गरिएको छ । कम्पनीका अनुसार कम उचाइ एरियल तस्वीरका लागि पहुँचयोग्य डीजेआई अतुलनीय अनुसन्धान र विकास भइरहने कारणले गर्दा जटिल प्रविधि पनि सजिलो यन्त्रमा परिणत हुन्छ ।
आईएमएस ग्रुपले नेपालमा डीजेआईका म्याभिक २ जुम, स्पार्क कन्ट्रोलर कम्बो वाइट, म्याभिक एयर ब्ल्याक, म्याभिक एयर वाइट, टेल्लो ग्लोबल, स्पार्क फ्लाई मोर कम्बो रेड, टेल्लो बुस्ट कम्बो, ओस्मो मोबाइल २, ओस्मो मोबाइल २ पार्ट वान् बेस मोडलहरू उपलब्ध गराउने जानकारी दिएको छ ।
डीजेआईका अरु नयाँ मोडलहरू पनि छिट्टै नेपाली बजारमा उपलब्ध हुने कम्पनीले बताएको छ । साथै, कम्पनीले यी सबै मोडल स्मार्ट डोको मार्फत अनलाइन पनि उपलब्ध गराएको छ ।
आईएमएस ग्रुपका प्रमुख कार्यकारी निर्देशक दिकेश मलहोत्राले फेरि पनि अर्को अन्तरराष्ट्रिय ब्राण्डको विक्रेता हुन पाएको र डीजेआई ड्रोन नेपाली बजारमा भित्र्याउन पाएकोमा खुशी व्यक्त गरे । उनी भिडियोग्राफी र फोटोग्राफीको बढ्दो माग भएको विकासोन्मुख डिजिटल जमानामा ड्रोन व्यवसायको भविष्यमा आफू निकै आशावादी छन् ।