स्मार्ट टेलिकमको नयाँ सेण्टर न्यूरोडको पाकोमा | एउटा सिम किन्दा अर्को सित्तैंमा
काठमाडौं । ग्राहकहरूका लागि सहज एवम् सुविधा प्रदान गर्ने उद्देश्यसहित स्मार्ट टेलिकमले हालै न्यूरोडको पाकोमा आफ्नो नयाँ स्मार्ट सेण्टर स्थापना गरेको छ । उक्त सुविधा सम्पन्न सेण्टरको उद्घाटन स्मार्ट टेलिकमका प्रमुख प्रशासन अधिकृत सजिन राजभण्डारीले हिजो सोमवार गरेका हुन् ।
उक्त स्मार्ट सेण्टरबाट स्मार्टका ग्राहकहरूले स्मार्टका सम्पूर्ण सेवाहरू प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । स्मार्ट टेलिकमले हालै आफ्नो खुसीलाई डब्बल गर्नुहोस् भन्ने उद्देश्यसहित ‘डब्बल योर ह्याप्पिनेस’ भन्ने योजना प्रस्तुत गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले रू. ९९ मा स्मार्टको सिमकार्ड खरिद गर्दा अर्को सिमकार्ड निःशुल्क प्राप्त गर्ने र दुवै सिममा १ जीबी डाटा प्याक पनि उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।
यसका साथै, स्मार्टले आकर्षक दरमा डाटा प्याकहरू, अन्तरराष्ट्रिय दूरसञ्चार सेवा, भ्वाइस तथा एसएमएस प्याकहरू पनि प्रदान गर्दै आएको छ । काठमाडौं तथा पोखरामा उत्कृष्ट फोरजी सेवासमेत प्रदान गर्दै आइरहेको कम्पनीले सुलभ दरमा सानादेखि ठूला फोरजी डाटा प्याकहरू पनि प्रदान गर्दै आएको छ ।