वैदेशिक रोजगारमा एकीकृत सूचना प्रणाली आजदेखि सञ्चालनमा |

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले घोषणा गरेबमोजिम सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने उद्देश्यले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली आजदेखि सञ्चालनमा ल्याएको छ । मन्त्री विष्टले असोज १ गतेदेखि एकीकृत अनलाइन प्रणाली सञ्चालनमा ल्याइने घोषणा गरेका थिए ।
उक्त प्रणालीमा वैदेशिक रोजगारसँग सम्बन्धित सम्पूर्ण निकायको संलग्नता र आवद्धताको व्यवस्था गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।