महुली लघुवित्तको ५० प्रतिशत हकप्रद आउँदै |
काठमाडौं । महुली सामुदायीक लघुवित्त वित्तीय संस्था लिमिटेडले २ बराबर १ को अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद शेयर विक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
लघुवित्तको यस अघि सम्पन्न साधारण सभाले पारित गरे अनुसार ५० प्रतिशतले हुन आउने ३ लाख कित्ता हकप्रद निष्काशन गर्नेछ ।
हाल लघुवित्तको चुक्ता पूँजी ६ करोड रुपैयाँ छ । हकप्रद निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी ९ करोड रुपैयाँ हुनेछ ।
लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराईज क्यापिटल रहेको छ ।