सेन्चुरी बैंकले गरर्यो मुटुसम्बन्धि निशुल्क स्वास्थ्य शिविर संचालन |
काठमाडौं । सेन्चुरी बैंकले विश्व मुटु दिवसको अवसरमा स्वास्थ्य शिविर संचालन गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको प्रधान कार्यालय पुतलीसडकमा निशुल्क स्वास्थ्य शिविर संचालन गरेको जानकारी दिएको छ ।
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका वरिष्ठ कार्डियोलोजिष्ट बिनय कुमार रौनियार लगायतको टोलीले शिविरमा मुटु सम्बन्धी जाँच गरेको बैंकले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख छ । शिविरमा सर्वसाधारण तथा बैंकका शेयरधनी तथा कर्मचारीहरुगरी १ सय ५० भन्दा बढीको स्थास्थ्य परीक्षण गरिएको थियो ।