माछापुच्छ्रे बैंकले बनायो पशुपतिनाथ परिसरमा लकर घर |
काठमाडौं । माछापुच्छ्रे बैंकले पशुपतिनाथको दर्शन गर्न आउनेहरुका लागि लकर कक्ष निर्माण गरेर आइतबार पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ ।
बैंकले १८ औ वार्षिकोत्सवको अवसरर पारेर उक्त कक्षको निर्माण गरेको हो । पशुपति मन्दिर घुम्न आउने तिर्थालुहरुको सुविधाको लागि बैंकले लकर घर निर्माण गरी ५१० थान लकर राखेको जानकारी दिएको छ ।
कक्षको आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले उद्घाटन गरेका थिए । उक्त लकर कक्षमा भक्तजनले आफ्नो सरसामान सुरक्षित रुपमा राख्न सक्ने बैंक बताएको छ ।
माछापुच्छ्रे बैंकले हालसम्म ८६ शाखा, एक्सटेन्सन काउन्टर, २९ वटा शाखा रहित बैंकिङ सेवा सहित जम्मा ११७ स्थानबाट बैंकिङ सुविधा प्रदान गर्दै आएको छ । यसका साथै ९९ वटा एटिएमहरु संचालनमा रहेका छन्। ।