रुरु जलविद्युतले आईपीओ निष्कासन गर्ने |
काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडले स्थानियका लागि आईपीओ निष्कासन गर्ने भएको छ । यसका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ ।
कम्पनीले रू. १ सय अङ्कित दरको ४ लाख ७ हजार ७ सय ५ कित्ता आईपीओ निष्कासनका लागि असोज ११ गते सेबोनमा निवेदन दिएको छ । विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।