नेपाल थाइल्यान्ड ट्रेड कोअपरेशन प्रालि र बुमरुङग्राड इन्टरनेशनल अस्पतालबिच सहकार्य |

काठमाडौं । नेपाल थाइल्यान्ड ट्रेड कोअपरेशन प्राइभेट लिमिटेडले हेल्थकेयर प्रोभाइडर बुमरुङग्राड इन्टरनेशनल थाइल्यान्डसँग सहकार्य गर्ने भएको छ । बुमरुङग्राड एसियाकै ठुलो मध्यको एउटा अस्पातल हो । जहाँ ५८० बेड रहेका छन् भने ३० स्पेशल यूनिट सेन्टरहरु संचालनमा रहेका छन् । त्यस्तै यहाँ ७० वटा सहायक स्पेशल सेन्टर संचालनमा रहेको छन् । यो अस्पताल बैंकको मुख्य बजार सुकिम्भीत सोई ३ मा रहेको छ ।
नेपाल थाइल्यान्ड ट्रेड कर्पोरेशनका अध्यक्ष दिनेश श्रेष्ठले बुमरुङग्राड इन्टरनेशनल थाइल्यान्डसँग सहकार्यको सुरुवात गर्न सकेकोमा खुसी व्यक्त गरेका छन् । अब नेपाली विरामीले थाइल्यान्डको उच्चगुणस्तरको मेडिकल नेपालीले पाउने सहज वातावरण निर्माण गर्न सकेकोमा हामी अत्यन्त खुसी छौं ।

दुवै कम्पनीले गुणस्तरीय हेन्थकेयर सर्भिस प्रदान गर्दै अगाडि बढ्ने अपेक्षा गरेका छन् भने, मेडिकल टुरिजमका लागि पनि नेपाली नागरिकलाई सहयोग गर्ने बताएका छन् ।
नेपाल थाइल्यान्ड ट्रेड कोअपरेशन प्राइभेट लिमिटेडले चर्चित कम्पनी एसिया प्यासिफिक हेल्थकेयर इन्डस्ट्रि र बुमरुङग्राड इन्टरनेशनलसँग सहकार्य गर्दै थाइल्यान्डबाट वस्तु तथा सेवाहरु सहज रुपमा आयात गर्नेछ ।
बुमरुङग्राडले नेपाली विमारीको सेवा गर्दै स्थानीयको समर्थन पाउने अपेक्षा लिएको छ । यसका साथै बी टु बी कस्टुमरको डाउन स्ट्रिममार्फत नेपाल थाइल्यान्ड ट्रेड कोअपरेशन प्राइभेट लिमिटेडको नेटवर्क विस्तार गर्ने छ ।

यो साझेदारीबाट ग्राहकहरुले बुमरुङग्राडको गुणस्तरीय मेडिकल डायग्नोष्टिक र उपचारको अवसर प्राप्त गर्नेछन् । साथै यहि सहकार्यमार्फत विमारीहरुका लागि अनुभवी डाक्टर तथा नर्स, वल्र्ड क्लास क्लिनिकल इन्नोभेसन, र टेक्नोलोजीको व्यवस्था गरिनेछ ।
बुमरुङग्राड अन्तर्राष्ट्रिय अस्पतालले उच्च गुणस्तरीय मेडिकल केयर प्रदान गर्नुका साथै विभिन्न सेक्टरमा विशेषज्ञहरुको व्यवस्थापन गर्नेछ । बुमरुङग्राड अस्पताल पूर्णत मेडिकल इक्युपमेन्टले सुविधा सम्पन्न रहेको अस्पता हो । विश्वस्तरिय मेडिकल सेवा दिदै आएको यो अस्पताल विश्वकै उत्कृष्ट १० अस्पतालमा पर्दै आएको छ ।

वालस्ट्रिट जर्नलका अनुसार यो मेडिकल टुरिजमको सबैभन्दा उत्कृष्ट अस्पतालको सूचीमा रहेको छ । ग्लोवल हेल्थले प्रदान गर्ने एसिया प्यासेफिकको उत्कृष्ट मेडिकल टुरिजम अवार्ड २०१८ समेत बुमरुङग्राडले जितेकोे छ । हेल्थ एसिया म्याग्जिनले ट्राभल एन्ड मेडिकल अफ दि एयर अवार्ड प्रदान गरेको थियो । बुमरुङग्राडले सुर्वणभूमी अन्तरराष्ट्रिय विमानस्थलको दोस्रो तलामा अफिस काउन्टर संचालनगरी उपचारमा जाने यात्रुलाई त्यहीबाट सबै ब्यवस्थागरि अस्पताल लाने ब्यवस्थासमेत मिलाएको छ ।