साओमीका ४ नयाँ स्मार्टफोन बजारमा | मूल्य १३ हजारदेखि ३० हजार रुपैयाँसम्म
काठमाडौं । साओमी इन्डियाले चिनियाँ मोबाइल ब्राण्ड साओमीलाई आधिकारिक रुपमा नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले एमआई ए टु, एमआई ए टु लाइट, रेडमी सिक्स तथा रेडमी सिक्स एलाई नेपाली बजारमा उपलब्ध गराएको हो ।
आधिकारिक रुपमा आगमनले नयाँ मोडलहरु सुलभ मुल्यमा ल्याउन सहयोग गर्ने साओमी इन्डियाका बैदेशिक बिस्तार प्रमुख संकेत अग्रवालले बताए । कम्पनीले दुईवटा क्यामेरा भएको रेडमी सिक्सको नेपाली बजार मल्य १६ हजार ४९९ र १८ हजार ४९९ रुपैयाँ तोकेको छ ।
यसैगरी शक्तिशाली ब्याट्री भएको र स्ट्याण्डबाइ मोड ९ दिनसम्म चल्ने दावी गरिएको रेडमी सिक्स एको बजार मूल्य १२ हजार ९९९ रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ । रेडमी सिक्स एमा अनुहारबाट फोन अनलक गर्ने सुविधा पनि छ ।
रेडमी सिक्स र सिक्स ए सुनौलो, कालो र निलो रंगमा बजारमा उपल्बध गराएको छ । यसैगरी एमआई एटु रेन्जका मोबाइल सेटहरु २० हजार ९९९ रुपैयाँ, २४ हजार ४९९ रुपैयाँ र ३० हजार ९९९ रुपैयाँ पर्ने कम्पनीले जानकारी दिएको छ ।
एमआई एटुमा २० मेगापिक्सेलको २ वटा क्यामेरा रहेकोले कम प्रकाशमा पनि उत्कृष्ट फोटो खिच्न सकिने कम्पनीले भनाई छ । एमआइ एटु लाइटमा भने ३४ घण्टा लगातार संगीत सुन्न सकिने र लगातार ६ घण्टा गेम खेल्न सक्ने गरीको शक्तिशाली ब्याट्री रहेको उल्लेख छ । यी सेटहरु पनि कालो, सुनौलो र निलो रंगमा बजारमा पाइने कम्पनीले जानकारी दिएको छ ।