सानिमा बैंकले ल्यायो अनलाइन पेमेन्टको सुविधा | यतीको टिकटमा २ प्रतिशत क्यास ब्याक
काठमाडौं (आपास) । सानिमा बैंकले बैंकका सबै भिसा डेबिट र क्रेडिट कार्डहरू प्रयोग गरी सुरक्षित अनलाइन कारोबार गर्न सकिने भिसा कार्ड अनलाइन पेमेन्ट सेवा शुरु गरेको छ । उक्त सेवा लिन ग्राहकहरूले बैंकको वेबसाइटमा गएर भिसा कार्डबारे आवश्यक जानकारी गराइ सुचारु गर्न सक्ने बैंकले जानकारी दिएको छ ।
बैंकका अनुसार सेवा लिइसकेपछि ग्राहकहरूले सहज र सुरक्षित तरिकाले होटल बुकिङ, एयरलाइन्स टिकेटिङ, शपिङजस्ता सुविधाहरू इण्टरनेटका माध्यमबाट लिन सक्नेछन् । यो सेवा प्रयो गरी यती एयरलाइन्सको अनलाइन टिकट खरिद गरेबापत २ प्रतिशत क्यासब्याकसमेत प्रदान गर्ने बैंकले बताएको छ ।