प्रभु लाइफ इन्स्योरेन्सका नयाँ दुई उपशाखा सञ्चालनमा |
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले धनकुटामा धनकुटा उपशाखा र अछाममा अछाम उपशाखा सञ्चालनमा ल्याएको हो । धनकुटा उपशाखाको धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ र अछाम उपशाखाको अछाम जिल्ला समन्वय समितिका कार्यवाहक संयोजक टोपबहादुर रावलले उद्घाटन गरेका हुन् ।
नेपालको इमर्जिङ समूह प्रभु समूह, प्रभु बैंक, सांग्रिला विकास बैंक र मुलुकका अन्य प्रतिष्ठित व्यावसायिक समूहको लगानी रहेको प्रभु लाइफले बीमा बजारलाई ग्रामीण तहसम्म पुर्याउने लक्ष्य लिएको छ ।
२ अर्ब चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन् । कम्पनीले निकट भविष्यमा बाँकी ६० करोड रुपैयाँबराबरको साधारण शेयर जारी गर्दै छ ।