मुक्तिनाथ विकास बैंकद्वारा चार नयाँ शाखा सञ्चालन |
काठमाडौं (आपास) । मुक्तिनाथ विकास बैंक लिमिटेडले देशैभर आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा सिरहाको लहान, गोलबजार र मिर्चैया तथा सर्लाहीको लालबन्दीमा गरी चारवटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
लहान शाखाको उद्घाटन जिल्ला उद्योग वाणिज्य संघ, लहानका अध्यक्ष सुनीलकुमार महतो, गोलबजार शाखाको गोलबजार नगरपालिकाका मेयर वेदनाथ शाह, मिर्चैया शाखाको मिर्चैया नगरपालिकाका मेयर सर्वणकुमार यादव तथा लालबन्दी शाखाको लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्काले गरेका हुन् ।
हाल सो बैंकले ९५ वटा शाखा, १७ वटा एटीएममार्फत सर्वसाधारणहरूलाई वित्तीय सेवा प्रदान गरिरहेको छ । बैंकले आधुनिक बैंकिङ, लघुवित्त बैंकिङ र ग्रामीण बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।