ज्योति लाइफ दोस्रो वर्षमा, ४ अर्बको बीमाङ्क जारी |
काठमाडौं (आपास) । गत वर्षको असोज महिनादेखि आफ्नो व्यवसाय शुरू गरेको ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दोस्रो वर्षमा प्रवेश गरेको छ । कम्पनीले कुनै पनि संगठनमा कार्यरत कर्मचारीहरूको लागि सम्पूर्ण बीमा सुविधासहित सामूहिक म्यादी जीवन बीमा योजनासमेत जारी गरेको छ । कर्मचारीहरूको बीमा गराई श्रम ऐन २०७४ मा उल्लेख भएको व्यवस्थाको पूर्ण परिपालना गर्न सकिने समेत कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले १ वर्षको अवधिमा ७५ वटा शाखा सञ्जाल विस्तार, विभिन्न सातवटा आकर्षक जीवन बीमा योजना ल्याई १ अर्ब ८१ करोड रुपैयाँ लगानी गरेको जानकारी दिएको छ । कम्पनीले कुल बीमाङ्क ४ अर्ब, ३७ करोड बीमा शुल्क आर्जन गरेको छ ।