नयाँ दराज एपमा लाखौँ सामान, आज सार्वजनिक गरिदैं |
काठमाडौं । अनलाइन मार्केट, दराजले नयाँ प्रविधिमा आधारित नयाँ एप आज असोज १३ गते देखि सार्वजनिक गर्दैछ । नयाँ एप पुरानोलाई अपडेट गरेर वा गुगलप्ले तथा एप स्टोरबाट डाउनलोड गरेर उपयोग गर्न सकिनेछ । नयाँ एप प्रयोगकर्ताको रोजाईअनुसार सामानहरु देखाउनेछ ।
नयाँ विशेषताहरुका साथै नयाँ सफ्ट्वेयर र एल्गोरिदमले बनेको नयाँ दराज एप नितान्त व्यक्तिगत एवं सुरक्षित हुनेछ । राजले आफ्नो नयाँ एपमा ब्राण्ड भौचरका माध्यमबाट दैनिकरुपमा आकर्षक छुटहरु उपयोग गर्ने सुविधा दिएको छ । ‘डेली फ्लास सेल’ मा उपभोक्ताले विशेष सामान तथा ती सामानमा पाइने अफरको जानकारी पनि पाउने छन् । यस बाहेक उपभोक्ताले आफ्नो ‘विस लिष्ट’ मा राखेका सामानमा पाउने अफरहरुको जानकारी नियमित रुपमा देख्न सक्ने छन् ।
दराजको नयाँ फिचरमा उपभोक्ताको रोजाई अनुसारका सामान तथा सेवाका बारेमा सहजरुपमा जानकारी उपलब्ध हुनेछ । यसले आफ्नो चाहना अनुसारका ब्राण्ड तथा सामानको खोजीगर्न उपभोक्तालाई स्वचालित रुपमा मार्ग निर्देश गर्नेछ ।