निर्धन उत्थानले गर्यो २० लाख कित्ता बोनस प्रस्ताव |
काठमाडौं । असोज ११ गते बिहीबार बसेको कम्पनीको संचालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले २० प्रतिशत बोनस शेयर तथा कर सहित २२.११ प्रतिशत २२ करोड ५२ लाख २२ हजार रुपैयाँ बराबरको नगद वितरण गर्ने भएको हो ।
कम्पनीले प्रस्ताव गरेको लाभांश अघिल्लो बर्षको तुलनामा उच्च दरले घटेको छ । अघिल्लो बर्ष कम्पनीले ६६.६७ प्रतिशत बोनस तथा १४.०४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
कम्पनीले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ ।
शेयर बजारमा सूचीकृत भएका लघुवित्त कम्पनीहरुमध्ये सबैभन्दा धेरै चुक्ता पूँजी भएको निर्धन उत्थान लघुवित्तले लाभांश घटाएको छ । अघिल्लो बर्षको भन्दा गत बर्ष दुई करोड ४१ लाख रुपैयाँले कम नाफा गरेको कम्पनीले लाभांश समेत उच्च दरले घटाएको छ ।
एक अर्व चुक्ता पूँजी रहेको लघुवित्तको बोनसपछि चुक्ता पूँजी एक अर्ब २० करोड पुग्नेछ । गत बर्षको चौथो त्रैमासको वित्तीय विवरण अनुसार लघुवित्तको प्रति सेयर आम्दानी ५५ रुपैयाँ ९२ पैसा छ । मुल्य आम्दानी १८.३१ गुणा छ भने प्रति सेयर नेटवर्थ २२५ रुपैयाँ १० पैसा रहेको छ ।