दशैं अगाडि नै मनसुन सकिदै, हिले दशैंको खतरा छैन |

काठमाडौं । दशै अगाडि नै मनसुन सकिदै छ । दशैंमा पानीमा रुझेर हिडन नपर्ने जल तथा मौसम विज्ञानले बताएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार १६ असोजबाट मनसुन सकिँदैछ ।
अनुमानित मितिभन्दा दुई दिनअघि शुरु भएको मनसुन औसत मितिभन्दा एक साता ढिलो सकिने लागेको हो । यद्यपि, यसपालीको दशैं २५ असोजबाट मात्र सुरु हुने भएकाले मनसुनले छुने छैन ।
नेपालमा १० जुनदेखि २३ सेप्टेम्बरलाई मनसुन अवधि मानिन्छ । तर, पछिल्लो दशकमा यो वर्ष पहिलो पटक औसत मितिभन्दा अगाडि ८ जुनमा मनसुन शुरु भएको थियो ।
विगत दुई दशकमा ६ पटक सेप्टेम्बरमा र १४ पटक अक्टोबरमा मनसुन समाप्त भएको थियो । सन् २०१६ र २०१७ को तुलनामा भने यो वर्ष एक हप्ता पहिला मनसुन सकिन लागेको हो ।